Monday, June 17, 2013

642 गज़ल :-म जुनेली रातमा छु


आदरणीय गुरु पोस्टराज चापागाईंको छन्दूलुङूमा आधारितस्
कोमल गज़ल
म जुनेली रातमा छु
पिरतीको मातमा छु

नभनेको मात्र हो है
कसिएको हातमा छु

मिलनैको लिन्छु आश
अनमोलै बातमा छु

कसरी लौ छुट्टिने हो
अलमस्तै थातमा छु

रसिला छन् लाल ओठ
सुविधाको खातमा छु

छन्द -.लुङ
गण :- स त गु गु
सूत्र:-  llS SSl SS
(४ अक्षरमा विश्राम )

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

No comments :

Post a Comment