Tuesday, June 18, 2013

645.ऐया भन्छन मेरा बा....

ऐया भन्छन मेरा बाबा रुन्छिन मेरी आमा
गरिबीले गर्दा निराश हुन्छिन मेरी आमा |

छोरा भएँ घर छाडे कर्मको खेल यस्तै रैछ
सपनामा धेरै रहर बुन्छिन मेरी आमा |

समयले गर्दा आज धेरै स्वार्थी भएछु म
मेरो फोटो हेरेर चुम्छिन मेरी आमा |

छोरा छोरी घर छाडी हिंडे आफ्नो बाटो
बेहोसमा दाँया बाँया घुम्छिन मेरी आमा |

बाबा आमा छोडेर धेरै टाढा भएछु म
सपनीमा मेरो मन छुन्छिन मेरी आमा |

रामचन्द्र रेग्मी
पिपलटारी-६ पर्बत नेपाल

No comments :

Post a Comment