कसम खायौ संगै बस्ने फसाएर गयौ सानु !
मलाइ छोडी अन्तै घर बसाएर गयौ सानु !!
चाहेको थिए मन अनि दिलभित्र सधै राख्न !
मुटुको कुना तिखो काडा पसाएर गयौ सानु !!
मनकी रानी ठाने अनि जिन्दगी सारा सुम्पे !
बिषको प्याला बनि जिउ डसाएर गयौ सानु !!
हातमा हात राखी खोला बाढीसंगै तर्ने भनि !
साउने भेल माथि एक्लै धसाएर गयौ सानु !!
भनेकी थियौ अरु सामु जीवनको साथि मेरो !
दुनिया सारा सबै माझ हसाएर गयौ सानु !!
हरि सिंह माल "मुस्कान"
गोकुलेश्वर , बैतडी
हाल : दोहा कतार
मलाइ छोडी अन्तै घर बसाएर गयौ सानु !!
चाहेको थिए मन अनि दिलभित्र सधै राख्न !
मुटुको कुना तिखो काडा पसाएर गयौ सानु !!
मनकी रानी ठाने अनि जिन्दगी सारा सुम्पे !
बिषको प्याला बनि जिउ डसाएर गयौ सानु !!
हातमा हात राखी खोला बाढीसंगै तर्ने भनि !
साउने भेल माथि एक्लै धसाएर गयौ सानु !!
भनेकी थियौ अरु सामु जीवनको साथि मेरो !
दुनिया सारा सबै माझ हसाएर गयौ सानु !!
हरि सिंह माल "मुस्कान"
गोकुलेश्वर , बैतडी
हाल : दोहा कतार
dherai mathi pugi jiune timro mero sapana thyo
ReplyDeleteaakhir malai khaldo ma khasayera gayeu sanu