
~*~गजल~*~
सम्झनामा एउटा चिनो,थमाएर गईन
नमेटिने याद कहिले,जमाएर गईन
दुई दिनको जिन्दगी हो,हासेर नै जिउनु पर्छ
नजिक आयो हात मेरो,समाएर गईन
जिन्दगी त छोटो भयो,चाहना छ धेरै
सवै खुशि मलाई छाडी,रमाएर गईन
वाध्याता नी कस्तो-कस्तो,आफै संग हार्नु पर्ने
सधै मनमा मिठो नाम,कमाएर गईन
अरुण चाम्लिङ "अम्मान"
पात्लेपानी भोजपुर
हाल:युएई
2.
/-गजल-/
♡ ♡
आज फेरी सम्झनामा,त्यही रातको याद आयो
संगै बसि गरेको,मिठो वातको याद आयो
♡ ♡
विरानो लाग्यो मलाई यहां,एक्लो बसेर
माया गरी खुवाएको,उही भातको याद आयो
♡ ♡
धोका भन्ने बल्ल बुझे,उसले पराई थाने पछि
नबिर्सने उनको माया,त्यही घांतको याद आयो
♡ ♡
मिलन पछि विछोड हुनु,यस्तै रहेछ जिवन
वाई-वाई भन्दै हल्लाएको,त्यही हातको याद आयो
♡ ♡
अरुण चाम्लिङ "अम्मान"
पात्लेपानी भोजपुर
हाल:युएई
3.
(....गजल....)
भुलि सके निष्ठुरीलाई,मलाई माया मारे पछि
साथी मात्र भनेर नै,जहिले पनि तारे पछि
एक्लो जिवन बिताउने छु ,निष्ठुरी कै यादमा
यो जुनिमा पाउने आशा,हृदयले हारे पछि
जसो गरी चल्छ जिवन,त्यसरी नै चलाई दिन्छु
मलाई जहिले दोधरामा,नियतीले पारे पछि
आँखिर अन्त्य हुने त हो,जिन्दगीको यात्र
साथ नपाई तिमीले नै,अन्तै दिल सारे पछि
अरुण चाम्लिङ "अम्मान"
पात्लेपानी भोजपुर
हाल:युएई
4.
/।/गजल/।/
म त सधै मायामा,हारेको मान्छे
झुटै झुटको कुराले,तारेको मान्छे
सुन्दर फुलको बगैचा झै,फुलाउने आशा
दोधरामा बातहरु,सारेको मान्छे
जिवन जिउन गाह्रो हुन्छ,साथ विना एक्लो
वाध्यतामा भुमरीले,पारेको मान्छे
सम्झनाका यादहरु,मायाको शेरमा
पल-पल चाहनामा छाडेको मान्छे
तिमी छौ र रुप सधै,सुन्दरताको वयान
सम्बन्धमा छुटाएर,मारेको मान्छे
~अरुण चाम्लिङ "अम्मान"
पात्लेपानी भोजपुर
हाल:युएई
5.
गजल
मुस्कुराउदै साथ मागे,यथार्थमा खेला सम्झ्यौ
उपहासमा हासेर नै,उडाउने रेला सम्झ्यौ
॥
साँचो माया गरे पनि,विस्वास घाटमा जाल बुन्दै
दुई हातले समाएर,गुडाउने ठेला सम्झ्यौ
॥
अजम्बरी साथ पाउन,हाम्रो प्रितको माला उन्दै
वयलीमा आघाट पा,को,तिरस्कारको हेला सम्झ्यौ
॥
विर्सु भने यादले सधै,सताउछ घरी-घरी
दुई दिन मै वगी जाने,साउनको भेला सम्झ्यौ
!
अरुण चाम्लिङ "अम्मान"
पात्लेपानी भोजपुर
हाल:युएई/बाट
https://www.facebook.com/arun.chamling.75
No comments :
Post a Comment