Saturday, March 15, 2014

गजल::::::देखाउ पानीमा आगो बालेर देखाउ



देखाउ पानीमा आगो बालेर देखाउ ।
सुर्यलाई हत्केलाले छामेर देखाउ ।।

राख्यौ है सजिलै शौचालयमा ईश्वर ।
सक्छौ तिम्रो बुवाआमा राखेर देखाउ।।

यहाँ आफ्नो लागि त सबैले बाच्छन् ।
तिमीले अरूको लागी बाचेर देखाउ ।।

थाहा पाउने'छौ गरीबी के हो भनेर ।
दुई चार रात भोकै काटेर देखाउ ।।

समय लाई त्यति कमजोर न सोच ।
कस्ले सक्छ दिन्मा रात पारेर देखाउ।।

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
२७ माघ २०७०

No comments :

Post a Comment