Showing posts with label अबिरल सागर सौगात. Show all posts
Showing posts with label अबिरल सागर सौगात. Show all posts

Saturday, March 15, 2014

गजल::::::देखाउ पानीमा आगो बालेर देखाउ



देखाउ पानीमा आगो बालेर देखाउ ।
सुर्यलाई हत्केलाले छामेर देखाउ ।।

राख्यौ है सजिलै शौचालयमा ईश्वर ।
सक्छौ तिम्रो बुवाआमा राखेर देखाउ।।

यहाँ आफ्नो लागि त सबैले बाच्छन् ।
तिमीले अरूको लागी बाचेर देखाउ ।।

थाहा पाउने'छौ गरीबी के हो भनेर ।
दुई चार रात भोकै काटेर देखाउ ।।

समय लाई त्यति कमजोर न सोच ।
कस्ले सक्छ दिन्मा रात पारेर देखाउ।।

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
२७ माघ २०७०

गजल;;सधै आईरहन्छ सम्झनाहरू ।

  

सधै आईरहन्छ सम्झनाहरू ।
आँसु बनेर खस्छ बेदनाहरू ।

जुन चिज पाउन सम्भव छैन ।
म देख्छु उही सधै सपनाहरू ।

आफुले सोचे जस्तै सबै सबै ।
पुरा हुदैनन् ती चाहनाहरू ।...

भाग्यले नै छलेपछी मान्छेलाई ।
टाढिएर जान्छन् आफनाहरू ।

म आफ्नै कथा व्यथा समेटेर ।
लेख्ने गर्छु गजल भावनाहरू ।

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
३० फागुन २०७०

Sunday, February 2, 2014

अबिरल सागर सौगातका १० गजलहरू (feb-2-2014)





1) सुस्ता विशेष गजल सुझावको अपेक्षा ।
(एकाराक्षी काफियामा)

Abiraisagar saugat
कर्के नजर नलगा मेरो सुस्ता माथी ।
खुट्टा अगाडी नबडा मेरो सुस्ता माथ ।

बुद्ध हाम्रो हो भन्छस आज सुस्ता फेरी।
घरी -घरी नै नसता मेरो सुस्ता माथी ।

असमान सन्धिको फाईदा उठाएर ।
सेना यसरी नपसा मेरो सुस्ता माथी ।

अति नै गरिस सुस्ता बासी रूवाएर ।
अब शासन नचला मेरो सुस्ता माथी ।

अब धेरै अत्याचार सहदैनौ हामी ।
अब औला नि नउठा मेरो सुस्ता माथी ।

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
११ माघ २०७०

2)  गजल
अति भयो अत्याचार गरीबहरू माथी
छैन समान ब्यावहार गरीबहरू माथी

त केही बोलिस भने मारी दिन्छु भन्दै 
गरिन्छ सधै खबरदार गरीबहरू माथी

यति थिचोमिचो देखेरपनि न्यायदिन
किन सक्दैन सरकार गरीबहरू माथी

हे भगवान यो कस्तो लिला हजुर को
सधै पर्छ दु:ख अपार गरीबहरू माथी

म अचेल दिनहु गजल लेखेर नै बस्छु
पढेर नि छैन रोजगार गरीबहरू माथी

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
०८ माघ २०७०

3)  गजल

उसले मलाई हप्कायो गरीब देखेर;
तल्लो जातभनि छुट्टायो गरीब देखेर।१।

त दलित मन्दिरमा पस्नु हुदैन भन्दै;
पुजा गर्न रोक लगायो गरीब देखेर।२।

बिचरा उनलाई बोक्सीको आरोपमा;
आज मल मुत्र खुवायो गरीब देखेर ।३।

मायाजालको नाटक रचेर पापीनीले;
यो मुटुमा छुरा चलायो गरीब देखेर।४।

जागिर लगाई दिने प्रलोभन देखाएर;
सम्पति आफ्नो गरायो गरीब देखेर।५।

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
०६ माघ २०७० —

4) गजल
यो कस्तो लिला एँ भगवान तेरो ।
म गर्दिन अब देखि सम्मान तेरो।१।

देखेनस् तेरै सामु नारी लुटिएको ।
गाउँदैछन् पापीहरू गुनगान तेरो।२।

म तेरो शरणमा आई न्याय मागेको ।
सुनेनस कि बहिरा भाको कान तेरो।३।

सक्छस त्यो बालक बचाँएर देखा ।
नत्र मेटिन्छ यहाँ सबै पहिचान तेरो।४।

म आफ्नै पौरख ले भाग्य बनाउँछु ।
अब चाहिदैन मलाई बरदान तेरो ।५।

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
२७ पौष २०७०

5) गजल

पुगेन रे उस्लाई आफ्नो जवानी बेचेर ।
घर जलाई ब्यापार गर्यो खरानी बेचेर ।

उ आज बाटो मा मागेर हिडीरहेको छ ।
सराब पिउन सम्पती जानजानी बेचेर ।

म आफ्नो सानो सुन्दर घर बनाऊ छु ।
मेरो पसिनाको कमाई आम्दानी बेचेर ।

कोही आफु लाई चर्चित हुन्छु भन्छन् ।
आफ्नो जिन्दगीको रामकाहानी बेचेर ।

विश्व जलस्रोत को धनि देश नेपाल ।
अन्धकारमय छ भारतलाई पानी बेचेर।

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
३० पौष २०७०

6) गजल

बिस्तारै साँझ ढलेपछि रोए ।
पिडाले दिल जलेपछी रोए।१।

सोचेको थिए शान्तिभयो फेरी
मन मा द्वन्द चलेपछि रोए ।२।

दैबले संगै भाग्यले नि फेरी ।।
मलाई आज छलेपछि रोए।३।

सम्झेर सधै धोकैबाज लाई।।
शरिर त्यसै गलेपछि रोए ।४।

अमृत भनि त्यो बिरूवा रोपे ।
दिनाहु विष फलेपछि रोए ।५।
(३/२/४/२को संरचनामा)

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
०७ माघ २०७०

7)गजल

जिन्दगी भर नै निराश भएर ।
बाचेकोछु म ज्यूदो लास भएर।१।

जब तिमी अर्कौको भएर गयौ ।
उड्यो ति सपना बतास भएर।२।

ढुकढुकी भई धड्कनमा तिमी ।
सधै बसेछौ मेरो सास भएर ।३।

सधै यसरी कतिन्जेल बाचिन्छ।
म धरती तिमी आकास भएर ।४।

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
१० माघ २०७०

8)गजल

जिन्दगीभर दु:ख र पीर बोकेर !
बाचेकोछु यो बुढो शरीर बोकेर !

आज बुद्ध हराएको खबर सुनेर !
हिडेकोछु खोज्दै तस्बिर बोकेर !

हे भगवान दुख पिडा सहेर सधै !
कति बाचु अभागी तक्दिर बोकेर !

जन्मे पछी एकदिन मर्नु नै पर्छ !
आको हुदैन कोही अमिर बोकेर !

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
१७ माघ २०७०

9)  गजल

पल्टाउँदै साँहुले किताब देखायो ॥
धेरै भो ऋण भन्दै हिसाब देखायो ॥

अब छिटो नै चुक्ता गर्नुपर्छ भन्दै ॥
दिन -दिनै साँहुले दवाब देखायो ॥

म यस्कै साहारामा बाँचेको छु भन्दै ॥
जड्याहाले बोतलमा सराब देखायो ॥

उसले केटाकेटी रोईरहेको देखाउँदै ॥
घरमा केही नभएको अभाव देखायो ॥

अब देखी म नराम्रो काम गर्दैन भनेर ॥
आज समाजमा उस्ले झुकाब देखायो ॥

©अबिरल सागर सौगात
सालझण्डी १ रूपन्देही
२० पौष २०७०

10) गजल

पथ्थर कसरी भगवान भयो ??
देवता कै ठुलो अपमान भयो ॥

आज फेरी गाउमा दोहोराएर ??
उसैबाट गल्ति जानाजान भयो ॥

उनको दिल चोरेर कोही फरार छरे ??
आज म माथीनै उनको बयान भयो ॥

आफु स्वघोषित गजलकार भन्नेहरू ??
एका-एक गर्दै सबैको पहिचान भयो ॥

मलाई हराउने योजना उनीहरूको??
मेरै घनिष्ट मित्रहरूको प्लान भयो ॥

©अबिरल सागर सौगात
सालझण्डी १ रूपन्देही
२१ पौष २०७०




Friday, January 3, 2014

Abiralsagar saugat ka 6 ghaxalharu





गजल

नसोध साथी खबर बेहाल छ मेरो ।
अब आउन नै बाकी काल छ मेरो ।

जिन्दगीबाट नै हारीसकेको मान्छे ।
आखा भरी आसुको छाल छ मेरो ।

मअब धेरैदिन यसरी बाच्दिन होला।
धड्कन मा मात्र थोरै चाल छ मेरो ।

नभन यो गित तिमी गाउन मलाई ।
न स्वर नै छ मेरो नत ताल छ मेरो ।

कहा बिर्सिन सक्छु र मेरो देशलाई ।
बिश्वमानै अतिसुन्दर नेपाल छ मेरो।

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
०९ पौष २०७०
 —

गजल

जिबन जिउनुको अब सार नभए पछी।
यो अभागीको कतै निधार नभए पछी ।

अचेल प्रेम रोगीहरू दिनहु बढी रहेछन् ।
प्रेम रोगको संसारमै उपचार नभए पछी ।

बिचरा त्यो पिडीतको कुरा कस्ले सुनिदेला ।
जनताको बोली बोल्ने पत्रकार नभए पछी।

हेर त्यो ब्यापारी बसेर टाउको समाउछ ।
साचे जस्तो उसको ब्यापार नभए पछी ।

जुम्लाको स्याउहरू त्यसै कुहिएर गएकाछन् ।
उचित मुल्य नभए पछी बजार नभए पछी।

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपनदेही
१० पौष २०७०


गजल

उस्ले आफ्नै घर जलायो क्रान्तिको नाममा ।
र हतियार बन्दुक उठायो क्रान्तिको नाममा ॥

सारा देशमा नै अब आगो लगाईदिन्छु भन्दै ।
ठाउँठाउँमा बम पड्कायो क्रान्तिको नाममा ॥

सोझा साझा ति निर्दोष जनताहरूलाई मारेर ।
हजारौलाई बिदुवा गरायो क्रान्तिको नाममा ॥

हिडेको थियो उ नयाँ नेपाल बनाउँछु भनेर ।
आफुँलाई सहिद बनायो क्रान्तिको नाममा ॥

काहाँ गयो आज तिम्रो नयाँ नेपालको नारा ।
आज देशले सारा गुमायो क्रान्तिको नाममा ॥

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
१७ पौष २०७०
 — 

गजल

जब देश मा फेरी क्रान्ति आउने छ ।
नेपाल ले पनि नया मुहार पाउने छ ।

नछोडी बालुवाटार सिंहदरबार पनि ।
जनताले सबै तिर आगो लगाउने छ ।

देशद्रोही अनि भष्टचारीहरूलाई नि ।
कानूनको कठ-करामा उभ्याउने छ ।

जब देशमा जनताले शासन गर्नेछन ।
शान्ति र विकाशको लहर छाउने छ ।

हेर्दै जाउ एकदिन बिश्वनै चकित पारेर ।
नेपाली झण्डा सधैभरी फरफराउने छ ।

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
११ पौष २०७०

गजल

दु:ख पर्दा मलाई रमाएर गयौ तिमी।
यो दिलमा छुरा चलाएर गयौ तिमी।

चोखो माया तिमीलाई दिएकै थिए ।
उल्टै धोकेबाज बनाएर गयौ तिमी ।

तिम्ले दिएको उपहार चहिदैन भनि।
सबै आज फिर्ता पठाएर गयौ तिमी ।

पुराना यादहरुलाई भुलिदिनु भनेर ।
चिठीपत्रमा आगो लगाएर गयौ तिमी।

तिम्रो मेरो साथ अब यतिनै हो भन्दै।
अबिरलको हृदय फुटाएर गयौ तिमी।

©
सालझण्डी-१ रूपन्देही
८ पौष २०७०



गजल

नबस अब पनि सत्ता मा भत्ता पचाएर नेता ज्यू ?
छिटो देउ जनतालाई संबिधान बनाएर नेता ज्यू ?

उता तपाईकै सरकारले अत्याचार गर्दैछ हेर्नुस ?
सुकुम्बासी बस्तिहरूमा आगो लगाएर नेता ज्यू ?

हेर खुलेआम डुल्दैछन ती नाईके गुण्डाहरू ??
सक्छौ तिनीहरूलाई देखाउ समाएर नेता ज्यू ?

सहमतिमा सबै दलसंग मिलेर अब काम गर्नुस ?
बन्दैन नया नेपाल हतियार उठाएर नेता ज्यू ?

हाम्रो मागहरू कतै बाट सुनुवाई भएन भन्दै ??
के पुरा होला र आन्दोलन चर्काएर नेता ज्यू ?

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
१३ पौष २०७०
 — 


गजल ::: उनको छोरा हराएको नि आज धेरै दिन भयो ।





गजल 

उनको छोरा हराएको नि आज धेरै दिन भयो । 
घरमा फर्की नआएको नि आज धेरै दिन भयो । 

आफन्तदेखि सारा देशभरी खोजि गर्दा पनि । 
खबर केही नपाएको नि आज धेरै दिन भयो । 

छोरा आई संगै बसी मिलीजुलि खाउला भनि । 
आमाले खाना नखाएको नि आज धेरै दिन भयो । 

छोराको आउने बाटो हेर्दै आमाको आखाँबाट । 
आसुँका धारा रसाएको नि आज धेरै दिन भयो । 

©अबिरल सागर सौगात 
सालझण्डी-१ रूपन्देही 
१५ पौष २०७०

गजल::नाम हराएपछी पहिचान हराएपछी ।





गजल

नाम हराएपछी पहिचान हराएपछी ।
मन्दिर देखि नै भगवान् हराएपछी ॥

श्रीमती रूदै बिलौना गरी रहेछिन् ।
राति संगै सुतेको श्रीमान हराएपछी ।

धर्महरूको अस्तित्व के होला अब ।
संसारमा वेद संगै कुरान हराएपछी ।

त्यस गाउँका मानिसहरू त्रास छन् ।
दिनहु उनीहरूको सन्तान हराएपछी ।

देशको अस्तित्व आज धरापमा छ ।
बीर सहिदहरूको बलिदान हराएपछी ।

विश्वमा युद्ध तब फेरी सुरू हुनेछ ।
विश्व राष्ट्रहरूमा सुडान हराएपछी ।

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
१६ पौष २०७०
 —

Saturday, December 21, 2013

ghazal बुद्ध बन्नु पर्छ हामी ज्ञानी बन्नु पर्छ ॥


बुद्ध बन्नु पर्छ हामी ज्ञानी बन्नु पर्छ ॥
आखामा नबिझाउने नानी बन्नु पर्छ॥

म तिम्रो दिलको राजा भई सकेपछी॥
तिमी सधैमेरो दिलकी रानी बन्नु पर्छ॥

अध्यारो कालो रातलाई छिचोल्दै ॥
मिर्मिरेको सुनौलो बिहानी बन्नु पर्छ॥

दुबै आगो-आगो भएसि कहा हुन्छ र॥
उ आगो भएसी तिमी पानी बन्नु पर्छ॥

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
२९ मंसिर २०७०



गजल बाकी यो मेरो जिबन उपहार मिलोस तिमीलाई।




गजल

बाकी यो मेरो जिबन उपहार मिलोस तिमीलाई।
म 'नै मर्छु बरू सुनौलो संसार मिलोस तिमीलाई।

बधाई छ नया जिबनको तिमीलाई मेरो शुभकामना।
स्वर्गजस्तो सुन्दर त्यहा घरबार मिलोस तिमीलाई।

सासु-ससुरा श्रीमानको दिलमा बसी घरबार सम्हाल्नु।
सदा असल बुहारीको सदाचार मिलोस तिमीलाई।

दु:ख कष्ट आसुहरू सबै म आफै लिएर बाचुला।
जनम जनम को अपार प्यार मिलोस तिमीलाई।

हजार पटक मर्नु परे म हासि-हासी मरी दिउला।
सधै उस्कै भई जिउने आधार मिलोस तिमीलाई

©अबिरल सागर सौगात
सालझण्डी १ रूपन्देही
२१ मंसिर २०७०
 —

गजल( बालुवाटार हेर सिंहदरबार हेर)




गजल

बालुवाटार हेर सिंहदरबार हेर॥
कति लाचार छ यो सरकार हेर॥

हत्याहिंसा लुटपात दिनहु बढ्दैछ॥
जताततै छ खुलेआम हतियार हेर॥

सुलभ अनि सौलियतको नाममा॥
हेर कालो बजारको ब्यापार हेर ॥

गरीब असायलाई सहयोग भन्दै॥
भएका छन् करोडै भष्टचार हेर ॥

विचार गर आफ्नालेनै लुट्छन यहा॥
यस्तै छ यो स्वार्थी संसार हेर ॥

चाहेर नि उनलाई पाउन सकिन॥
कति अभागी छ मेरो निधार हेर॥

©अबिरल सागर सौगात
सालझण्डी १ रूपन्देही
२६ मंसिर २०७०

Friday, November 29, 2013

अबिरल सागर सौगातका 5 गजलहरू(29-novmber-2013)







1) गजल

गजल
पठाऊ ती यादहरू फिर्ता पठाउ निष्ठुरी।
मेरो तस्बिर हरूमा आगो लगाउ निष्ठुरी।

म त गरीब के'नै दिन सक्छु र तिमीलाई।
जाउँ उस्कै धन-दौलतमा रमाउ निष्ठुरी।

दुख कष्ट आई नपरोस तिम्रो नया जिबनमा ।
जुनीजुनी उस्कै भई सिउँदो सजाउ निष्ठुरी।

जस्तोछु यतिकै सडकमा छोडीदेउ मलाई।
आफ्नो सुन्दर जिन्दगी बनाउ निष्ठुरी ।

अब त्यो तिम्रो झुठो माया चाहीदैन मलाई ।
हटाऊ दिलबाट'अबिरल'लाई हटाउ निष्ठुरी।

©अबिरल सागर सौगात
सालझण्डी१ रूपन्देही


2) गजल

गजल 

यो निरंकुश सरकार बदल्नुपर्छ। 
ति तानाशाही बिचार बदल्नुपर्छ । 

सधै अरूको गुलाम बसेर हुदैन । 
हाम्रो जिउने आधार बदल्नुपर्छ । 

हेर ति अरू देश कहा पुगीसके । 
अब नेपालको मुहार बदल्नुपर्छ । 

कति गर्छौ युद्ध भाई - भाईबीच। 
अब बुद्धबनि संसार बदल्नुपर्छ ।  

©अबिरल सागर सौगात 
सालझण्डी १ रूपन्देही 
२७ कार्तिक २०७०

3) गजल

गजल 

देशमा गणतन्त्र आएर के पाएँ जनताहरूले। 
शान्तीको गीत गाएर के पाएँ जनताहरूले। 

संविधान बनाउँन भनि ती नेताहरूलाई। 
सत्तामा फेरी पठाएर के पाएँ जनताहरूले। 

हाम्रा मागहरू सुनेनन् भन्दै बाटो बन्द गरी। 
सडकमा नारा लाएर के पाएँ जनताहरूले। 

सहिदहरूलाई सम्मान भन्दै सरकारले। 
शालिकमा फूल चढाएर के पाएँ जनताहरूले। 

सबै-सबै हाम्रा बलिदानहरू त्यसै खेर गए। 
दिनँहु आन्दोलन धाएर के पाएँ जनताहरूले। 

सर्वाधिकार: लेखक 
अबिरल सागर सौगात 
सालझण्डी-1 रूपन्देही

4) गजल 

गजल 

मिठा मिठा बातमा फसायौ । 
अनेक थरी सपना देखायौ । 

तिमीबीना बाच्न नसक्ने हुदा । 
बीचमै आज साथ छुटायौ । 

नभोक न निद्रा लाग्छ अचेल । 
मायामा कस्तो पागल बनायौ । 

अर्कैको डोली चढेर जादा तिमी । 
मलाई आज धरधरी रूवायौ । 

आधा जोबनसम्म कुराएर मलाई । 
सिउदो तिम्रो अर्कैलाई सुम्पायौ । 

© अबिरल सागर सौगात 
सालझन्डी १ रूपन्देही 
मिती /२०७०/०७/०३

5) गजल 

गजल 

पराईको घुम्टो ओढेर नजाउ सानु॥ 
अतितको याद छोडेर नजाउ सानु॥ 

संगै जिउने मर्ने खाका ति बाचा कसम॥ 
एकाएक आज तोडेर नजाउ सानु॥ 

जिन्दगीका यात्रा सँगै गर्छु भन्थ्यौ नि॥ 
बीचमै बाटो मोडेर नजाउ सानु॥ 

दुबै मिली पिरति फुलाउँनु छ यहा॥ 
नफक्रिदै सारा गोडेर नजाउ सानु॥ 

तिमी बिना एकपल बाँच्दिन भन्नेले॥ 
"अबिरलको"हृदय फोडेर नजाउ सानु॥ 

अबिरल सागर सौगात 
सालझण्डी-1 रूपन्देही