Friday, January 3, 2014

गजल::नाम हराएपछी पहिचान हराएपछी ।





गजल

नाम हराएपछी पहिचान हराएपछी ।
मन्दिर देखि नै भगवान् हराएपछी ॥

श्रीमती रूदै बिलौना गरी रहेछिन् ।
राति संगै सुतेको श्रीमान हराएपछी ।

धर्महरूको अस्तित्व के होला अब ।
संसारमा वेद संगै कुरान हराएपछी ।

त्यस गाउँका मानिसहरू त्रास छन् ।
दिनहु उनीहरूको सन्तान हराएपछी ।

देशको अस्तित्व आज धरापमा छ ।
बीर सहिदहरूको बलिदान हराएपछी ।

विश्वमा युद्ध तब फेरी सुरू हुनेछ ।
विश्व राष्ट्रहरूमा सुडान हराएपछी ।

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
१६ पौष २०७०
 —

No comments :

Post a Comment