गजल
उनको छोरा हराएको नि आज धेरै दिन भयो ।
घरमा फर्की नआएको नि आज धेरै दिन भयो ।
आफन्तदेखि सारा देशभरी खोजि गर्दा पनि ।
खबर केही नपाएको नि आज धेरै दिन भयो ।
छोरा आई संगै बसी मिलीजुलि खाउला भनि ।
आमाले खाना नखाएको नि आज धेरै दिन भयो ।
छोराको आउने बाटो हेर्दै आमाको आखाँबाट ।
आसुँका धारा रसाएको नि आज धेरै दिन भयो ।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
१५ पौष २०७०
No comments :
Post a Comment