Friday, January 3, 2014

Abiralsagar saugat ka 6 ghaxalharu





गजल

नसोध साथी खबर बेहाल छ मेरो ।
अब आउन नै बाकी काल छ मेरो ।

जिन्दगीबाट नै हारीसकेको मान्छे ।
आखा भरी आसुको छाल छ मेरो ।

मअब धेरैदिन यसरी बाच्दिन होला।
धड्कन मा मात्र थोरै चाल छ मेरो ।

नभन यो गित तिमी गाउन मलाई ।
न स्वर नै छ मेरो नत ताल छ मेरो ।

कहा बिर्सिन सक्छु र मेरो देशलाई ।
बिश्वमानै अतिसुन्दर नेपाल छ मेरो।

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
०९ पौष २०७०
 —

गजल

जिबन जिउनुको अब सार नभए पछी।
यो अभागीको कतै निधार नभए पछी ।

अचेल प्रेम रोगीहरू दिनहु बढी रहेछन् ।
प्रेम रोगको संसारमै उपचार नभए पछी ।

बिचरा त्यो पिडीतको कुरा कस्ले सुनिदेला ।
जनताको बोली बोल्ने पत्रकार नभए पछी।

हेर त्यो ब्यापारी बसेर टाउको समाउछ ।
साचे जस्तो उसको ब्यापार नभए पछी ।

जुम्लाको स्याउहरू त्यसै कुहिएर गएकाछन् ।
उचित मुल्य नभए पछी बजार नभए पछी।

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपनदेही
१० पौष २०७०


गजल

उस्ले आफ्नै घर जलायो क्रान्तिको नाममा ।
र हतियार बन्दुक उठायो क्रान्तिको नाममा ॥

सारा देशमा नै अब आगो लगाईदिन्छु भन्दै ।
ठाउँठाउँमा बम पड्कायो क्रान्तिको नाममा ॥

सोझा साझा ति निर्दोष जनताहरूलाई मारेर ।
हजारौलाई बिदुवा गरायो क्रान्तिको नाममा ॥

हिडेको थियो उ नयाँ नेपाल बनाउँछु भनेर ।
आफुँलाई सहिद बनायो क्रान्तिको नाममा ॥

काहाँ गयो आज तिम्रो नयाँ नेपालको नारा ।
आज देशले सारा गुमायो क्रान्तिको नाममा ॥

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
१७ पौष २०७०
 — 

गजल

जब देश मा फेरी क्रान्ति आउने छ ।
नेपाल ले पनि नया मुहार पाउने छ ।

नछोडी बालुवाटार सिंहदरबार पनि ।
जनताले सबै तिर आगो लगाउने छ ।

देशद्रोही अनि भष्टचारीहरूलाई नि ।
कानूनको कठ-करामा उभ्याउने छ ।

जब देशमा जनताले शासन गर्नेछन ।
शान्ति र विकाशको लहर छाउने छ ।

हेर्दै जाउ एकदिन बिश्वनै चकित पारेर ।
नेपाली झण्डा सधैभरी फरफराउने छ ।

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
११ पौष २०७०

गजल

दु:ख पर्दा मलाई रमाएर गयौ तिमी।
यो दिलमा छुरा चलाएर गयौ तिमी।

चोखो माया तिमीलाई दिएकै थिए ।
उल्टै धोकेबाज बनाएर गयौ तिमी ।

तिम्ले दिएको उपहार चहिदैन भनि।
सबै आज फिर्ता पठाएर गयौ तिमी ।

पुराना यादहरुलाई भुलिदिनु भनेर ।
चिठीपत्रमा आगो लगाएर गयौ तिमी।

तिम्रो मेरो साथ अब यतिनै हो भन्दै।
अबिरलको हृदय फुटाएर गयौ तिमी।

©
सालझण्डी-१ रूपन्देही
८ पौष २०७०



गजल

नबस अब पनि सत्ता मा भत्ता पचाएर नेता ज्यू ?
छिटो देउ जनतालाई संबिधान बनाएर नेता ज्यू ?

उता तपाईकै सरकारले अत्याचार गर्दैछ हेर्नुस ?
सुकुम्बासी बस्तिहरूमा आगो लगाएर नेता ज्यू ?

हेर खुलेआम डुल्दैछन ती नाईके गुण्डाहरू ??
सक्छौ तिनीहरूलाई देखाउ समाएर नेता ज्यू ?

सहमतिमा सबै दलसंग मिलेर अब काम गर्नुस ?
बन्दैन नया नेपाल हतियार उठाएर नेता ज्यू ?

हाम्रो मागहरू कतै बाट सुनुवाई भएन भन्दै ??
के पुरा होला र आन्दोलन चर्काएर नेता ज्यू ?

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
१३ पौष २०७०
 — 


No comments :

Post a Comment