Saturday, December 21, 2013

ghazal बुद्ध बन्नु पर्छ हामी ज्ञानी बन्नु पर्छ ॥


बुद्ध बन्नु पर्छ हामी ज्ञानी बन्नु पर्छ ॥
आखामा नबिझाउने नानी बन्नु पर्छ॥

म तिम्रो दिलको राजा भई सकेपछी॥
तिमी सधैमेरो दिलकी रानी बन्नु पर्छ॥

अध्यारो कालो रातलाई छिचोल्दै ॥
मिर्मिरेको सुनौलो बिहानी बन्नु पर्छ॥

दुबै आगो-आगो भएसि कहा हुन्छ र॥
उ आगो भएसी तिमी पानी बन्नु पर्छ॥

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
२९ मंसिर २०७०



No comments :

Post a Comment