Saturday, March 15, 2014

गजल;;सधै आईरहन्छ सम्झनाहरू ।

  

सधै आईरहन्छ सम्झनाहरू ।
आँसु बनेर खस्छ बेदनाहरू ।

जुन चिज पाउन सम्भव छैन ।
म देख्छु उही सधै सपनाहरू ।

आफुले सोचे जस्तै सबै सबै ।
पुरा हुदैनन् ती चाहनाहरू ।...

भाग्यले नै छलेपछी मान्छेलाई ।
टाढिएर जान्छन् आफनाहरू ।

म आफ्नै कथा व्यथा समेटेर ।
लेख्ने गर्छु गजल भावनाहरू ।

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
३० फागुन २०७०

No comments :

Post a Comment