Showing posts with label जीवन सरोवर. Show all posts
Showing posts with label जीवन सरोवर. Show all posts

Monday, September 16, 2013

673.टुहुरा ले आँशु झारीरहेछ


टुहुरा ले आँशु झारीरहेछ।
मुटुमा दुःखको भकारीरहेछ।।

भोकको ईलाज जहर पठाएर।
सर्कारले गरिबहरु मारीरहेछ।।

भट्टि र चोक चोकमा आन्दोलन हुने।
मुख्य कारण त बेरोजगारीरहेछ।।

बिहान कलेजो साँझ मुटु बेचेर।
गरिबले दुईछाक टारीरहेछ।।

अचेल मन्दिरहरु भत्काउदै हिड्छ।
उ एक जमानाको पुजारीरहेछ।।
जीवन सरोवर
अछाम रानिबन
हालःनेपालगञ्ज