Showing posts with label जीतु खड्का गाउले. Show all posts
Showing posts with label जीतु खड्का गाउले. Show all posts

Thursday, January 10, 2013

585.जब यहाँ युवा सक्ती उदय हुने छ

जब यहाँ युवा सक्ती उदय हुने छ
तब मात्र बिकासको प्रलय हुने छ ||

कती भुक्छौ भुक्दै गर कुकुर हरु हो
मेरो पनि अनुकुल समय हुने छ||

जब खानु पर्दैन उस्ले किनेको चामल
हो त्यो बेला किसानको बिजय हुने छ||

देश भित्रै रोजगारको प्रबन्द गरे पो
श्रम सक्ती नेपालमै संञ्चय हुने छ||

हौसियो त्यो बलत्कारी दन्डित नहुँदा
लिङ काटी फाली दिए पो भय हुनेछ||

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब

Sunday, October 21, 2012

470.गाँउ घर सम्झे मन रुन्छ परदेशीको

गाँउ घर सम्झे मन रुन्छ परदेशीको
दसैं पनी दशा जस्तै हुन्छ परदेशीको|१|

मालश्रीको धुन बज्दा आँखा रसाएर
आँखा बाट अश्रुधारा चुन्छ परदेशीको|२|

आँशुको त आहालै छ दह पसिनाको

मनको मैलो पसिनाले धुन्छ परदेशीको|३|

उजेलीको साथी काम दिनै भरी उस्को
अंधेरीमा मात्र साथी जुन छ परदेशीको|४|

बेदनाका पोका हरु आफ्ना आफ्नै यहाँ
बिरहको कथा कस्ले सुन्छ परदेशीको|५|

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी

Wednesday, October 10, 2012

436.तिमी सँग ठस्किन्छे रे तिम्री बुढी ठुले


तिमी सँग ठस्किन्छे रे तिम्री बुढी ठुले
ठिटो देखे मस्किन्छे रे तिम्री बुढी ठुले ||

बायु लाग्यो बोक्सी लाग्यो भन्थे धामी बा ले
सपनीमा झस्किन्छे रे तिम्री बुढी ठुले||

हात्ती सुँडे पिडौलामा खाँदी खाँदी स्कट
लस लस लस्किन्छे रे तिम्री बुढी ठुले||

कुरा काट्दा दुनियाँले उस्कै सामु त्यहाँ
ङिच्च गर्दै खस्किन्छे रे तिम्री बुढी ठुले||

हत्केलामा बैश बोकी घुम्दै शहरमा
आफ्नो बैश पस्किन्छे रे तिम्री बुढी ठुले||

जीतु खड्का गाउले
मोरङ उर्लाबारी

Thursday, October 4, 2012

382.संघियता आफ्नै खोज्यो फट्याङ्राले पनी

संघियता आफ्नै खोज्यो फट्याङ्राले पनी
गुलेलीकै राज्य रोज्यो मट्याङ्राले पनी|१|

पस्किएको भात सम्झी राज्य बाँढ्ने दाता
लाटो राज्य खोज्दै छ रे लट्याङ्राले पनी|२|

खसी पार्या बोका ले नै इज्जत लुटे पछी

आरक्षणको माग गरे पठ्याङ्राले पनी |३|

आन्दोलनमा लागे धामी डाक्टर फाल्ने भन्दै
सहमती गरी सके ढोल ढ्याङ्राले पनी|४|

गँजेडिको राज्य खोइ कता पर्‍यो भन्दै
लुगलुग काम्दै बोल्न थाल्यो गज्याङ्राले पनी|५|

जीतु खड्का गाउले
मोरंग उर्लाबारी

Saturday, September 29, 2012

352.उम्रेर सर्नु बिधिको बिधान

उम्रेर सर्नु बिधिको बिधान
फूलेर झर्नु बिधिको बिधान||

बर्सिदा मेघ गर्जिदै आकास
असिना पर्नु बिधिको बिधान||

के रुन्छौ तिमि भिजाई नयन

जन्मेर मर्नु बिधिको बिधान||

मन्दिर भित्र हुदैन देवता
आरती गर्नु बिधिको बिधान||

अस्ताए घाम उज्यालो प्रकाश
जुनले छर्नु बिधिको बिधान||

जीतु खड्का गाउले
मोरङ उर्लाबारी 
हाल साउदी अरब

Tuesday, September 25, 2012

317.बर्तमान बिथोलेको, बिगतले सता'को छ!


बर्तमान बिथोलेको, बिगतले सता'को छ!
जिन्दगिलाई पछ्याउने, आगतले सता'कोछ!!

चाहनाका झोलिभरि, नैराश्यका बादल छन,
फगत किन अन्तर्मनको, चाहतले सता'को छ!!

सर्वाङगिर्ण नाङ्गो भा'को, समाज छ यथावत,
मन्मा दलदल थुप्रीएको, स्वागतले सता'को छ!!

रगतका बुँद सँग, सातिएका प्राप्तीले,
खुशि किन्न नसकिने, लागतले सता,को छ!!

समान छ भनि यँहा, भूक्ने गर्छ कुकुरहरु,
तर निर्धो जन कुत्ने, तागतले सता'को छ!!

दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोह कतार

316.चारै तिर अध्यारो भो रात छिप्पिदै छ

चारै तिर अध्यारो भो रात छिप्पिदै छ
खुशी सारा मैजारो भो घात छिप्पिदै छ |१|

जसरी नी जिउनै पर्ने रैछ जिन्दगानी
ओैले पनी फूल हरु पात छिप्पिदै छ |२|

मधहोसी हुदै छु म झुल्दै सम्झनामा

खाली भए प्याला मेरा मात छिप्पिदैछ|३|

आफ्नै घर आँगनिमा लडे दाजु भाई
हिउचुली झै चुलिएर बात छिप्पिदै छ|४|

बल्झिएर आँउछ किन ब्यथा अतितको
मुटु माझ बेदनाको खात छिप्पिदै छ|५|

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल-बालुवाटार
साउदी अरब

Saturday, September 22, 2012

287.आकाश बेच्छ मान्छे


आकाश बेच्छ मान्छे
बतास बेच्छ मान्छे|१|

भमरा फूल संगै
सुवास बेच्छ मान्छे|२|

मुस्कान खोस्छ अनी
उदास बेच्छ मान्छे|३|

इमान सँगै जिउदो
त्यो लास बेच्छ मान्छे|४|

पराइ आफ्नो ठान्दै
आभाष बेच्छ मान्छे|५|

जीतु खड्का गाउले
मोरङ उर्लाबारी

Tuesday, September 18, 2012

253.राजा अनी रजौटेको शासन फेरिएछ

राजा अनी रजौटेको शासन फेरिएछ
झुटो बोल्ने कुरौटेको भाषण फेरिएछ||

कन्दमुल खांदै हिन्थे बन्दुक बोकी हिन्दा
आज उन्कै भरौटेको रासन फेरिएछ||

हिन्दु रास्ट्र नेपालमा पतन भए देखि
जयमिसी र चुरौटेको आसन फेरिएछ ||

सहमती भए पुग्छ चुनाब किन गर्नु
हार्दा पनि हरौटेको सिंहासन फेरीएछ||

जीतु खड्का गाँउले
मोरंग उर्लाबारी
हाल साउदी अरब

Wednesday, September 12, 2012

241.गाँठो पार्नु भन्दा पनि फुकाउन गार्हो


गाँठो पार्नु भन्दा पनि फुकाउन गार्हो
इमान्दारी ठाडो शिर झुकाउन गार्हो||

सम्झनाले सताउदा बगी दिन्छ आँशु
बगे पछी अश्रुधारा सुकाउन गार्हो||

बहकिन्छ मन मुटु ढुङ्गा हैन मेरो
बेदनाका पोका हरु लुकाउन गार्हो||

साँवा ब्याज जोड्दा जोड्दै पाखो बारी गयो
अभाबमा खाको ऋण चुकाउन गार्हो||

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल -साउदी अरब

Tuesday, September 11, 2012

228.एउटा कुरा मन भित्र खड्किएर आँए

एउटा कुरा मन भित्र खड्किएर आँए
आधा बाटो गल्ली बाटै छड्किएर आँए||

आतुर थे तिमि संग भेट गर्न भनी
त्यसैले त घोडा जस्तै बड्किएर आए||

जिन्दगीको रेस थियो दौडदै थे म नि
माखे सांग्लो भित्र खुट्टा अड्किएर आँए||

समय मै आइ पुग्नु बाध्यता थ्यो मेरो
भंगालो र खोलि खोल्सा फड्किएर आँए||

भरोषा थ्यो उसै माथि गर्ब गर्थे सधैं
छुट्यो साथ दुख्यो मुटु सड्किएर आँए||

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल -साउदी अरब

Sunday, September 2, 2012

219.भरियाको कथा बोक्ने त्यो गजल अधुरै छ

भरियाको कथा बोक्ने त्यो गजल अधुरै छ
पसिनाको मुल्य तोक्ने त्यो गजल अधुरै छ||

के दिन्छौ र पहिचान भारी बोक्छु भरिया हुँ
नखोक भो मैले खोक्ने त्यो गजल अधुरै छ||

ढुङो माटो सबै बोल्छ अन्यायले थिचे पछी
बोली बाटै गोली ठोक्ने त्यो गजल अधुरै छ||

कालो तिम्रो कर्तुत त्यो मैले लेखे भने फेरी

सर्माएर जिब्रो टोक्ने त्यो गजल अधुरै छ ||

दु:ख पीडा लेख्दै थिए मुटु दुख्यो हल्का पिएँ
अँधेरीमा बसी धोक्ने त्यो गजल अधुरै छ||

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब

Wednesday, August 29, 2012

211.यौबनको राप भित्र राप्पिएर आयौ


यौबनको राप भित्र राप्पिएर आयौ
नमेटिने प्यास बोकी धाप्पिएर आयौ||

शहरको कुना काप्चा गाँउ अनी गल्ली
चारै तिर खबरमा छाप्पिएर आयौ ||

कलेजको बाहानामा झोला बोकी गा'को
बिकृतीको मुलधारामा थाप्पिएर आयौ!!

यस्तो गर्न हुन्न नानी भन्दा बुढा बाले
कुटौला झै गरी कन नाप्पिएर आयौ!!

गाउ घर समाजको संस्कार लाई भुली
नसा भित्र झुमी झुमी खाप्पिएर आयौ ||

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब

Wednesday, June 27, 2012

176.अप्सरा झै राम्री उनी लुकी लुकी हेर्छु

अप्सरा झै राम्री उनी लुकी लुकी हेर्छु
शिर देखी पाउ सम्म झुकी झुकी हेर्छु!१!

जुनेलीले जुन छर्दा सुन जस्तै राम्री
अँधेरिमा पँधेरिमा ढुकी ढुकी हेर्छु!२!

कल्पनाको संसारमा अंगालोमा बेर्दै
कालो लामो कपाल त्यो फुकी फुकी हेर्छु!३!

उनिलाई ठेस लाग्दा दुख्छ मेरो मुटु
अचानो झै हुन्छु अनी दुखी दुखी हेर्छु!४!

बेदनामा रुमलिदा रसाउछ आँखा
आँशु बनी परेलीमै सुकी सुकी हेर्छु!५!

जीतु खड्का गाउले
मोरङ उर्लाबारी

Saturday, June 23, 2012

157.बिहानिको मिर्मिरेले प्रभात बोकी ल्यायो

बिहानिको मिर्मिरेले प्रभात बोकी ल्यायो 
चिर्दै रात उजेलिको सौगात बोकी ल्यायो!१! 

अभाबमा हुर्किएको निधार उस्तो हो कि 
यो दौराले गरीबीको औकात बोकी ल्यायो!२! 

रम्दै थिए एक्लै यहाँ अतित बिर्सिएर 
समयले फेरी अर्को आघात बोकी ल्यायो!३! 

एकतामा जातित्वको जहर घोल्दै फेरी 
हत्या हिंम्सा मच्चाउने जमात बोकी ल्यायो!४! 

मैले छिर्दा मन्दिरको त्यो ढोका लायौ किन?
भनेन खै भगवानले कुजात बोकी ल्यायो !५! 


जीतु खड्का गाउले 
मोरङ उर्लाबारी