Thursday, January 10, 2013

585.जब यहाँ युवा सक्ती उदय हुने छ

जब यहाँ युवा सक्ती उदय हुने छ
तब मात्र बिकासको प्रलय हुने छ ||

कती भुक्छौ भुक्दै गर कुकुर हरु हो
मेरो पनि अनुकुल समय हुने छ||

जब खानु पर्दैन उस्ले किनेको चामल
हो त्यो बेला किसानको बिजय हुने छ||

देश भित्रै रोजगारको प्रबन्द गरे पो
श्रम सक्ती नेपालमै संञ्चय हुने छ||

हौसियो त्यो बलत्कारी दन्डित नहुँदा
लिङ काटी फाली दिए पो भय हुनेछ||

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब

No comments :

Post a Comment