![]() |
समिर अधिकारी |
प्रेम प्रमाण रातो गुलाब साटा साट मा हुंथ्यो माया ,
दुरि टाढा भए पनि मन को कुरा सुंथ्यो माया !!
छोए पछि माया बस्ने चलन बस्न थाल्यो अचेल ,
भबिस्यको याद गरी मन ले मात्र छुंथ्यो माया !!
थिएटर मा सुरु अनि होटल मा अंत्य आज .
एक अर्काको दर्शन बिना धुरुधुरु रुंथ्यो माया !!
माया के हो बुझ्ने हरू माया गर्नै छोडे यहाँ ,
जुनि जुनि संगै जिउने सपनाहरू उंथ्यो माया !!
सानो कुनै बाधा आए बाटो मोड्ने चलन आयो ,
मांछे को त के ताकत नदी नाला थुंथ्यो माया !!!
समिर अधिकारी
No comments :
Post a Comment