Sunday, May 13, 2012

40.हेरिदेउ न आमा-नबिन नेपाल्


1.
कहिले काही आकशबाट, हेरिदेउ न आमा,
मलाई हेर्दै लामो स्वास, फेरिदेउ न आमा ।

धिक्कार्दै बिगतका खेर गाका दिनलाई,
लेखिएको नसिब कस्तो, केरिदेउ न आमा ।

अल्मल्लिदै, हराउदै कहाँ पुगे कहाँ,
आफ्नै त हु अङ्गालोमा, बेरिदेउ न आमा ।

तिम्लाई भुल्ने बहान नि नसा नै त भयो,
लक्ष्मण रेखा वरिपरि, घेरिदेउ न आमा ।

जन्म दिने तिमीनै हौ कर्मा पनि देउ,
एती बिन्ती गरे तिम्लाई, टेरिदेउ न आमा ।

 2.
कती भयो, गन्दै छु कि क्याहो ?
पैसा मात्र ,भन्दै छु कि क्याहो ?
4
के गर्दै होला उता नबिन देशमा
म मरुभुमी, खन्दै छु कि क्याहो ?

भो छाड्छु यो पैसा को लालसा
निर्दही पर्देशी, बन्दै छु कि क्याहो ?

भक्कानिन्छ मन्, बल्छ यो मुटु
उतैको याद्ले, जल्दै छु कि क्याहो ?

के गर्दै होलिन उनि, कस्तो होला मन्
तेही पिरले, ढल्दै छु कि क्याहो ?
पैसा मात्र, भन्दै छु कि क्याहो ?
म मरुभुमी, खन्दै छु कि क्याहो ?


नबिन नेपाल्
भक्तपुर सुडाल

No comments :

Post a Comment