Sunday, May 13, 2012

40.हेरिदेउ न आमा-नबिन नेपाल्


1.
कहिले काही आकशबाट, हेरिदेउ आमा,
मलाई हेर्दै लामो स्वास, फेरिदेउ आमा

धिक्कार्दै बिगतका खेर गाका दिनलाई,
लेखिएको नसिब कस्तो, केरिदेउ आमा

अल्मल्लिदै, हराउदै कहाँ पुगे कहाँ,
आफ्नै हु अङ्गालोमा, बेरिदेउ आमा

तिम्लाई भुल्ने बहान नि नसा नै भयो,
लक्ष्मण रेखा वरिपरि, घेरिदेउ आमा

जन्म दिने तिमीनै हौ कर्मा पनि देउ,
एती बिन्ती गरे तिम्लाई, टेरिदेउ आमा

 2.
कती भयो, गन्दै छु कि क्याहो ?
पैसा मात्र ,भन्दै छु कि क्याहो ?
4
के गर्दै होला उता नबिन देशमा
मरुभुमी, खन्दै छु कि क्याहो ?

भो छाड्छु यो पैसा को लालसा
निर्दही पर्देशी, बन्दै छु कि क्याहो ?

भक्कानिन्छ मन्, बल्छ यो मुटु
उतैको याद्ले, जल्दै छु कि क्याहो ?

के गर्दै होलिन उनि, कस्तो होला मन्
तेही पिरले, ढल्दै छु कि क्याहो ?
पैसा मात्र, भन्दै छु कि क्याहो ?
मरुभुमी, खन्दै छु कि क्याहो ?


नबिन नेपाल्
भक्तपुर सुडाल

No comments :

Post a Comment