Saturday, May 26, 2012

52.अली अली शन्का लाग्यो जाली भने मैले

अली अली शन्का लाग्यो जाली भने मैले 
झट्ट हेर्दा त्यस्तै लाग्यो काली भने मैले । 

कती रिस उठ्यो तिमीलाई थाहा भयो मलाई 
झुक्किएर आज आँफै साली भने मैले । 

रिसाएर हेरेपछी बल्ल मन पर्‍यो 
जिन्दगी यो सजाउने माली भने मैले । 

तिमीले मलाई प्रस्ताब राख्यौ हेर्दाहेर्दै आज 
अहिले हुन्न काली अर्को पाली भने मैले । 

जीवन स्याङ्जाली अर्याल 
अर्जुन चौपारी स्याङ्जा

No comments :

Post a Comment