सधै हिड्न पाईएन जिन्दगिको बाटै मा त ।
गाह्रो पर्ला तिम्लाई कतै मैले गर्ने आँटै मा त ॥
जिवन साथी बन्न सकिन शत्रु किन ठानेको ।
सँगै हुनु पर्छ भनेको थिएन नी खाटै मा त ॥
गरेकै हो प्रयास पनी अतित लाई भुलाउन ।
स्विकार्न सक्दिन कसैलाई तिम्रो साटै मा त ॥
बिना नुनको तरकारी बनाएर गयौ मलाई ।
बिलाउने छ सरिर यो एकदिन माटै मा त ॥
बाचुन्जेल मात्रै होईन तिमी सँगै मर्छु भन्थ्यौ ।
झुठो रैछ तिम्रो कसम एक्लै भँए घाटै मा त ॥
कृष्ण पौड्याल बम्घा एक गुल्मी
No comments :
Post a Comment