Thursday, July 12, 2012

117.प्रफुल्ल छ यो मन मायाको सौगातले ,

प्रफुल्ल छ यो मन मायाको सौगातले ,
तिमी नगिच भएछौ बराबर भेटघाटले।

हाम्रो मिलन देखेर जिस्क्याउछ घाम जुनले,
स्वागत गर्न तम्सन्छ ---- ताराबुट्टे रातले।

कल्पनामा डुबे जस्तै भएन है जीवन मेरो,
बेमौकामा पिर्न थाल्यो तिम्रो कटु बातले ।

मैले पनि तिमी सङ्ग बदला पो लिएछु
सताउन पुगे तिमीलाई मदिराको मात ले ।

हामी दुईको झगडाले जिवन सारै सुन्य भाछ,
छोएछ है 'बिहानी' लाई पनि साढेँ सात ले ।

मोहन बिहानी-भक्तिपुर-७
सर्लाही २०६९-०३-२१ बिहिबार

No comments :

Post a Comment