आँखामा तस्विर छरेर गयौ
खालीयो मुटु भरेर गयौ ।
जीवनै बित्यो प्रर्खेर बस्दा
सागरै आज तरेर गयौ ।
बिस्तारै आशा फर्केर जाँदा
मनबाटै तिमी मरेर गयौ ।
आधारनै छैन बाँच्नेम अब
सर्बस्व सबै हरेर गयौ ।
कात्रोले बेरी लासमा मेरो
लाभानै छरी झरेर गयौ ।
भरतपुर -13, गजलकुन्ज
चितवन
*** गजल ***
आँगनिको डिलमा यो साल सयपत्री फुल्दै होलान
गैँरी खेतमा धानका बाला लहलह झुल्दै होलान ।
आलो पालो मेला पर्म गाउँमै कुटो कोदालोमा
लेक बेशि साथि भाई काम काजले भुल्दै होलान ।
आउनै लाग्यो बर्ष दिनको दशैँ तिहार तिज अव
के कसरि मनाउने हो, भन्दै गाउँमा डुल्दै होलान ।
पोहर साल त त्यस्तै भयो अर्को चोटी आउँछु भन्थे
यसपाली त आमा वैनी मेरै बाटो कुर्दै होलान ।
रामकृष्ण पौडेल "अनयास"
भरतपुर-13, गजलकुन्ज
चितवन
संयुक्त गजल
सरस्वति न्यौपाने
रामकृष्ण पौडेल अनयास
भोका हरुका लागि गास खोज्दैछु आमा
घरवार विहीनलाई आवास खोज्दैछु आमा ।
धनिलाई सुनको महल गरिवीको बासै छैन
पैसा बिना बाँच्ने नया, समाज खोज्दैछु आमा ।
आफ्नै दिदीबैनि माथि जवरजस्ति गर्ने लाई
दुर्गा बनि मेटाउने,साहास खोज्दैछु आमा ।
निर्दोष यहाँ हार्नुपर्छ लुट्छन हाम्रौ अधिकार
त्यसैले त सिङ्गो अव,आकाश खोज्दैछु आमा ।
देउता संझि खुट्टा पुज्ने सोझा अबोध नारिलाई
आफ्नो अधिकार माग्ने निकाश खोज्दैछु आमा ।
चितवन
*** गजल ***
रामकृष्ण पौडेल "अनयास"
चुहीने घर खरको छानो खाने गास छैन आज
बर्खा लाग्यो आङ ढाक्ने बस्ने बास छैन आज ।
कैले आउछन् ठुलेका बा अनि मीठो खाउँला भन्दै
पर्खिबस्दा खोला बढेँ आउने आश छैन आज ।
आधि पेटमा भोकभोकै काम गरि मर्दा आखिर
मलाई कठैँ भन्ऩे यौटा जनमास छैन आज ।
आलो घाउमा नुन हाल्छ घरिघरी साहुले यहाँ
पाखो बारि भैसी लग्यो रुदा सास छैन आज ।
भरतपुर 13,गजलकुन्ज,
चितवन
सवाल
रामकृष्ण पौडेल "अनयास"
तड्पाएर मनलाई दुई किनारामा छाड्दै ठुले
मुङ्ग्लान पस्यौ हामी दुईको, चोखो प्रेम मार्दै ठुले।
न गतिलो बास अनि छाक टार्ने गास छैन
भोक भोकै आदि पेटमा,बसे दुःख काट्दै ठुले ।
कहिले आउछौ साहुको ऋण,तिर्न पाए हुन्थ्यो भन्दै
भारि बोक्छु घाँस दाउरा खोलानाला तार्दै ठुले ।
चुहिने घरको छानो अनि,एकहात बस्त्र जोर्न आखिर
बस्नु पर्यो दुःख सहि कर्म सँग हार्दै ठुले ।
भरतपुर- 13,गजलकुन्ज
चितवन
***गजल***
रामकृष्ण पौडेल "अनयास"
ईमान धर्म जोवनी लाई पैसा सँग दाँज्दी रैछौ
जस्ले बढी दाम तिर्छ उसै सँग नाच्दी रैछौ ।
साँचो माया गर्नेको दिल,दुखाएर आज भोली
गाँजारक्सी पिउने सँग,नाता आखिर गाँस्दी रैछौ ।
उमेर छदै सराबको नशा सँगै जिवन काट्दा
ढल्कीयो की वैश भन्दै आफ्नै शरीर जाँच्दी रैछौ ।
जिन्दगिको अन्तिम साथ दिने तिम्रो मै हो भन्दा
मदहोसीमै सवको सामु बदनाम् गर्दै हाँस्दी रैछौ ।
आफ्नै जिउलाई बिकाएर मोज मस्तीमा भुल्दा अचेल
जस्ले माया गर्न खोज्छ उस्कै ढाँड भाँच्दी रैछौ ।
भरतपुर -13,गजलकुन्ज
चितवन
विश्वको शिर सगरमाथा ढल्दै छ रे बुद्ध
चन्द्र सुर्य सिङ्गो नेपाल जल्दै छ रे बुद्ध ।
पुर्व सिता रुदै छन् रे, भारतले आगो झोस्दा
होस् गर तिम्रो घर नि बल्दै छ रे बुद्ध ।
सोझा जन्ता भड्काएर सत्ता खाने निउले आखिर
देशमा गृह युद्ध फेरी,चल्दै छ रे बुद्ध ।
अनेक लोभ जालझेलको राजनितिमा फेरि
संबिधानले यो चौधलाई छल्दै छ रे बुद्ध ।

No comments :
Post a Comment