Saturday, July 14, 2012

121.गरीबको झुपडिमा,ओत लाग्ने छाना छैन !

1. गरीबको झुपडिमा,ओत लाग्ने छाना छैन !


गरीबको झुपडिमा,ओत लाग्ने छाना छैन !
ढुङ्गा गीटी कती कुटौ,छाक टार्ने माना छैन !!

कत्ती दु:ख गरौ दैब, आधा रोटी खाइ सधैं
जाडो गर्मी छेक्ने कुनै, आङ ढाक्ने नाना छैन !!

दु:ख सम्झी यस्तो लाग्छ, भगवानको खाता भित्र
गरीबको जिन्दगीमा, सुख लेख्या पाना छैन

कत्ती दु:ख कस्ट सहे, पसिनाको धारा छुट्दा
बर्ष दिन खान पुग्ने, भकारीमा दाना छैन !!

मेसिन झै चल्दा-चल्दा, हात भरी ठेला लिई
साझ पख घर जादा, भाडा भित्र खाना छैन !!

पुरै ज्यान दुख्छ ऐले, उपचार गर्नलाई
खल्ती छम्यो खल्ती भित्र, एक सुक्क आना छैन !!



2.मेरो माया तिम्ले अचेल, मारेर पो के हुन्छ र !


मेरो माया तिम्ले अचेल, मारेर पो के हुन्छ र !
दिल्को बाटो काँडे तारले, बारेर पो के हुन्छ र !!

मुटु भित्र छुरा चलाई, नचिने झैँ गरि तिम्ले
मनै मारी सधै बसाइँ, सारेर पो के हुन्छ र !!

जहाँ देखे ढुङ्गा अबिर, तिम्रै लागि पुज्ने गर्छु !
दुनियाँको नजर बाट, झारेर पो के हुन्छ र !!

तिम्रै खुशी मागी रहन्छु, आँशुमा म डुबे पनि
बाटै मोडी क्षितिज पारि, तारेर पो के हुन्छ र !!

तिमी सुखी देख्न चाहाने, उठे पनि बस्ति मेरै
जिताएर सधै तिम्लाई, हारेर पो के हुन्छ र !!

तिमि बिना एक्लै जिउन, जानेर नै बाँची रा'छु !
सबै बाट एक्लो मलाई, पारेर पो के हुन्छ र !!


3.देखाएर हुन्न माया, मन बाट हुन्छ प्रिय !

देखाएर हुन्न माया, मन बाट हुन्छ प्रिय !
नबोले'नि मायालुको, मन्को कुरा सुन्छ प्रिय !!

मेरै कोरा कागजमा, माया लेख्न न सके नि
प्रतिक्षामा बस्दै गर, हजारौले चुन्छ प्रिय !!

देखाएर लेखाएर, झुटो नाता गास्यौ भने
पछी फेरी मुहारमा, आँसु बर्षी धुन्छ प्रिय !!

देखेकोले हुन्न रै'छ, भावीले नै लेख्नु पर्ने
त्यसैले त सबको जोडी, माथि बाटै बुन्छ प्रिय !!

माया गर्ने मान्छेको मन, मार्नलाई बिबस छु !
सम्झिएर मेरो मन, कैले काही रुन्छ प्रिय !!

अभागी कान्छा गाउँले 
तोपगाछी, झापा

No comments :

Post a Comment