Thursday, July 12, 2012

120. पत्थरकै भगवान..... (राम शरण श्रेष्ठ, )

राम शरण श्रेष्ठ
पत्थरकै भगवान, भएर सुनेन सायद ।।
म भन्दा महान, भएर सुनेन सायद ।।

म पुकार्छु साधारण, नेपाली बनेर तर
उहाँको बन्द कान, भएर सुनेन सायद ।।

म भन्छु मेरो बुद्धलाई, फेरी पठाऊ प्रभु
भक्तजनहरुकै गुनगान, भएर सुनेन सायद ।।

कहिले यसरी पनि, चित्त बुझाउने गर्छु म
कुरा मेरो अज्ञान, भएर सुनेन सायद ।।

किन बस्छौ टुलुटुलु , हेरेर रमिता मात्र
कि निर्जिबकै ज्यान, भएर सुनेन सायद ।।

किन पुज्ने यति घमण्डि, ढुङ्गाहरुलाई सधै
मै देवता भन्ने अभिमान, भएर सुनेन सायद ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
http://chisapaninepal.blogspot.com/

No comments :

Post a Comment