Thursday, July 5, 2012

193.एकान्तमा एक्कैछिन, हुन देउ प्रिए ।

एकान्तमा एक्कैछिन, हुन देउ प्रिए ।
बगाएर तप्प-तप्प, रुन देउ प्रिए ।।

वियोगको त स्वादै बेग्लै, हुने रैै'छ सानू
झिसमिसेमै वियोग हुने, जून देउ प्रिए ।।

च्वाट्टै मुटु थुति लग, नशा-नशा तान
नशा बाटै तिम्रो नाम, धुन देउ प्रिए ।।

हिक्क-हिक्क बाडुलीमा, मात्रै आउने हौली
लाली ओठ अन्तिम् चोटि, छुन देउ प्रिए ।।

एकान्तमा एक्कैछिन, हुन देउ प्रिए ।
बगाएर तप्प-तप्प, रुन देउ प्रिए ।।।।

दि: गजरा
(दिपक निरौला)
फुङ्लीङ् -२, मेदिबुङ् , ताप्लेजुङ्
(( हाल: सिड्नी))

No comments :

Post a Comment