Thursday, July 5, 2012

195.भाखा मिलाई पिरतीको गीत गाउ भन्छे काली

भाखा मिलाई पिरतीको गीत गाउ भन्छे काली,
लोभी नजरले हेर्दै मिठो प्रीत लाउ भन्छे काली। 

रस रङ्ग धेरै गर्दै गरौला लामो छ जीवन यात्रा,
सुटुक्क गालामा पहिले म्वाई खाउ भन्छे काली।

चैतको उराठ लाग्दो दिन मौषम छ बेइमानी,
आएर सुटुक्क मिठो स्पर्समा रमाउ भन्छे काली। 

भरोशा लाग्छ मेरो भन्दै नजिक आउने ईच्छा,
सदाको लागि मेरो साथ समाउ भन्छे काली। 

बाधा र ब्यबधान आए नि हाम्रो मीलनमा,
भागेर बादलपारिको देशमा जाउ भन्छे काली।

copyright@ मोहन बिहानी , भक्तिपुर-७ सर्लाही.

No comments :

Post a Comment