हिजो सम्म बसन्तीको शुवास भएँ म तिम्रो तृष्णा"को अतृप्त प्यास भएँ म
मेरो माया सोच्दै मध्यारातमा जुन हेर्दै
आकसे तारा टिप्ने तिम्रो आश भएँ म
कस्तो जादु गर्यौ कुन्नि भेटु भेटु लाग्ने
आज अनि भोली हुदै तिम्रो पास भएँ म
माया दियौ केही छिन छोडी गयौ आज
सर्बोस सुम्पे तिम्लाई र त नास भएँ म
तिमी गयौ डाँडा काटी मेरो माया मारी
तिमी गयौ डाँडा काटी मेरो माया मारी
एक्लो एक्लो भई आज उदास भएँ म
शान्ति पाख्रिन
हाल-इजरायल







No comments :
Post a Comment