Tuesday, August 7, 2012

157.म केवल तिम्रै हूँ प्रिय,रिसाएको छैन

 केवल तिम्रै हूँ प्रिय,रिसाएको छैन 
माया मैले अन्त कतै,मिसाएको छैन 

तिम्रै लागी साँचेकोछू, गहना लाजको
यौवनको भारी कतै'नि,बिसाएको छैन  

मनको भारी बोक्नु,निकै गाह्रो हुँदो रैछ
दुःख पाएँ भनी हात, फिजाएको छैन

पहिलो अनि अंतिम, चाह तिमी मेरो
बाहेक तिमी कसैलाई, रिझाएको छैन


रोहित राना 
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

No comments :

Post a Comment