Thursday, August 9, 2012

167.मनको आखाले हेर्दै छु दृष्टि नपाए पनी


मनको आखाले हेर्दै छु दृष्टि नपाए पनी १
लठ्ठीको सहारा लिदै छु जता नचाए पनी

आवाज बिहिन रैछु म गाउन खोज्छु धेरै २
तिमी गाउनु गीत सुन्छु मैले नगाए पनी

सुमधुर ति आवाज सुन्ने भाग्य छैन मेरो ३
इसारानै काफी हुन्छ नजिक नआए पनी

हास्ने छु सधै बाच्ने छु सधै जुनेली बनेर ४
अध्यारो ईनै जिबनमा ज्योती नछाए पनी

माया गर्छु सधै तिम्रो हरेक क्रियाकालाप ५
एकल मेरो जिन्दगीमा माया नलाए पनी
एस.पी
हाल-इजरायल

No comments :

Post a Comment