Thursday, August 9, 2012

168.तिमी'लाई भुल्नु यो हुनै सक्दैन


तिमी'लाई भुल्नु यो हुनै सक्दैन
पागल  भै  डुल्नु यो हुनै सक्दैन

बिर्सिएको छैन खाएका ति कसम
माया अन्तै चुल्नु यो हुनै सक्दैन

मिलिजुली दुवै प्रित फुलाउनु पर्छ
तिमि बिना फूल्नु यो हुनै सक्दैन

नङ मासुको सम्बन्ध तोडेर कहाँ
अरु-संगै  घुल्नु यो हुनै सक्दैन

छाडेर तिम्लाई ल्याएर अर्कैलाई  
बेहुली बनाई हुल्नु,यो हुनै सक्दैन

http://rohitmagar.blogspot.com/
रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

No comments :

Post a Comment