अजम्बरी छैन बाचुन्जेल हो साथ मेरो दिनलाई केहि छैन खाली छन् हात मेरो
२१ औ सताब्दीमा पनि को ठुलो को सानो
मगरको छोरा मन पर्छ पर्दैन जात मेरो
बिकट गाउमा जन्मे अनि त्यही हुर्केको
पाखे भन या जे भन यस्तै हो बात मेरो
सिमित सपना सजाउने गर्छु कहिले काही
जुनै छुने सपना देख्ने पनि छैन आट मेरो
डाडा काडा डुल्छु म काम नगरी खान पुग्दैन
सुख सयलमा राख्ने छैन हजुर औकात मेरो
बालकुमार फगामी मगर
देबिस्थान म्याग्दी ........







No comments :
Post a Comment