Saturday, August 11, 2012

172.कसैले सुन्ला भन्दै खोक्ने मेरी आमा

कसैले सुन्ला भन्दै खोक्ने मेरी आमा
हजारौँ दुःख कष्ट भोग्ने मेरी आमा


बिभेद छैन रति,माया बरोबरि,
सन्तति लाई दुखे रोक्ने मेरी आमा


छैन छल कपट,छैन मनोमानी,
सिधा सोझा जीवन जोख्ने मेरी आमा


जे गर्न नि तयार,सन्ततिका खातिर,
परे सामन्त लाई ढोग्ने मेरी आमा


लाखौँ चोट परे पनि रोक्ने आँट छ,
आपशी कथा ब्यथा पोख्ने मेरी आमा।।।


बिक्रम अर्पण
पाँचथर

No comments :

Post a Comment