Saturday, August 11, 2012

173.किस्ताबन्दीमा माया तिम्रो मन पराउने मै हु

किस्ताबन्दीमा माया तिम्रो मन पराउने मै हु,
तिम्रो कुटिल मन्द मुस्कानमा डराउने मै हु।

दिन रात किन आउँछ तिम्रै याद मलाई,
तिम्रो सम्झनामा सधै भरी हराउने मै हु ।

समिप्यता नभए नि दिन काट्न गारो हुँदा,
सम्झि राति सपनिमा एक्लै बरबराउने मै हु।

जादै गर्दा एक्लै कतै गोधुलि त्यो साँझमा, 
लुक्दै तिम्रो पछि लाग्दै कराउने मै हु। 

माया गर्नेहरुको मन दुखाउनु हुन्न भनि 
दुबै परिवारलाई राजी खुशि गराउने मै हु।

Copyright@मोहन बिहानी ,भक्तिपुर-७ सर्लाही
२०६९साउन १५ सोमबार ४.३३ बजे 

No comments :

Post a Comment