Thursday, August 23, 2012

198.शितल दिने त्यो जुनले पोलेपछी


शितल दिने त्यो जुनले पोलेपछी
नशा भित्र बग्ने खुनले पोलेपछी

म त वेवारिसे भएँ लौ' न नि हजुर
नचांहिदो बातसंगै उनले पोलेपछी

सरगम जस्तै लाग्थ्यो यो जीवन
सहनै गाह्रो भयो धुनले पोलेपछी

उपहार स्वरूप मैले घिर्णा मात्र पाएँ
कसरि लिउं कोसेली सगुन पोलेपछी

उनि मरिन अरे,समाचार यस्तै आयो
बिलौनो भाछ संसार,नुनले पोलेपछी

http://rohitmagar.blogspot.com/

@copyright
रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

1 comment :