Sunday, August 26, 2012

199.हांसो खुशी आफ्नै बैसा खसाल्ने'पहार भो जिन्दगी

हांसो खुशी आफ्नै बैसा खसाल्ने'पहार भो जिन्दगी 
हजार चोट सँग आंशु घुट्काइ ने' जहर भो जिन्दगी 

नत आफन्त छ नत चनै छ'भिड भाडा भित्र जिउंदा 
लाखौं सपना ब्यिउंताने'त्यो खुला शहर भो जिन्दगी 

कस्लाई भनुम म कस्लाई सुनाउं'बिपतिले घाट गर्दा 
न सांझ न बिहान'रातको पहिलो प्रहार भो जिन्दगी 

हजार खुशी फूल्छन त्यांहा' लाखौं आशा फल्दै गर्दा 
मुल फुटी बर्षातमा खेत बगाउंने' नहर भो जिन्दगी

बिस्राम गर्न नजान्ने ति खोला नाला'अनायासै सुक्दा 
हिउंदा भरी प्यासिए र रन्किएको' बगर भो जिन्दगी 

बाबु राम राइ (अभिस )

No comments :

Post a Comment