Sunday, August 26, 2012

209.हरपल हरचीज मलाई, नया“ लागीरहेछ

हरपल हरचीज मलाई, नया“ लागीरहेछ
किन किन उसको हेराइमा, दया जागीरहेछ

कति भगाउने प्रयत्नहरु, भो आफैंबाट नै
तर सकिन थाहा पाए“ ऊ त, मेरो छाया“ रहेछ

सपनाभरि नै कता हो कता, उसैसंग थालें डुल्न
विपनाको झस्काइमा यहा“ त, एक्लो काया रहेछ

कति सोचें कतिलाई पो सोधें, यस्तो के होला भनी
बल्ल पो थाहा पाए“ आखिरमा, यो त माया रहेछ

कृष्ण तजेली

No comments :

Post a Comment