पख'न तिम्लाई मेरो पछी-पछी,हिन्ने बनाउँछुपागल बनाइ आकाशका तारा, गिन्ने बनाउँछु
नजरमा नजर जुधाएर, दन्ते मोहनी लगाई
गाउँदा मैले मोहनी तुना-मुना, चिन्ने बनाउँछु
आउछन् रे हेर्न दिनमा,तिन-चार जना तिम्लाई
ति अरु सबैलाइ छोडेर मलाइ नै, बिन्ने बनाउँछु
कसम खुवाउनेछु तिम्लाई, म पनि खानेछु
साँच्ची मेरै नामको चुरा-धागो,किन्ने बनाउँछु
रिझाउनेछु तिम्लाई,मनाउनेछु तिम्रो परिवार
एक वचनमै हाम्रो बिहेको कुरा, छिन्ने बनाउँछु
http://rohitmagar.blogspot.com/
रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान







No comments :
Post a Comment