Wednesday, September 19, 2012

264.थोरै नजर झुकाएर लजाए, सुहाग रातमा,

थोरै नजर झुकाएर लजाए, सुहाग रातमा,
खुशी हुँदै भित्र भित्रै मुस्काए, सुहाग रातमा।

प्रियतमको न्यानो स्पर्स पाउदा हर्षले,
प्रत्येक अङ् प्रत्यङ् चुमाए, सुहाग रातमा।

कौतुहलता मेट्टाउदा मेट्टाउदै बितेछ समय,
यौवनमत्त भै पुरा रात झुमाए, सुहाग रातमा।

समाहित हुँदै एक अर्कामा भुलेर सारा संसार,
 आनन्द पाए झै जीवनकै रमाए, सुहाग रातमा।

माया, प्रेम, बासना भन्ने जीवन रहे सम्म न हो,
नछुटीयोस् प्रेम भनि साथ समाए, सुहाग रातमा।

आफुलाई रित्याएर प्रियतमलाई खुशी पार्न
हालसम्म को कुमारीत्व गुमाए, सुहाग रातमा।

# मोहन बिहानी
भक्तिपुर ७ सर्लाही #
#२०६८-३-२७ सोमबार #

No comments :

Post a Comment