Wednesday, September 19, 2012

270.गजल- नविन नेपाल

नविन नेपाल
लाउदै नलाई गुन, तिर भन्छौ तिमी ।
खै कहिलेको नुन, तिर भन्छौ तिमी ।

झुटो हिसाब बनाउन कहाँबाट सिक्यौ ?
दिदै नदिइ सुन, तिर भन्छौ तिमी ।

मेरोलागि कसैले सिन्को भच्या छैन
केको बदला खुन, तिर भन्छौ तिमी ।

सिक्ने सबै पास हुँदैनन थाहै होला पक्कै
जन्दै नजनेको धुन, तिर भन्छौ तिमी ।

फुल टिपेर कसैलाई दिने आट त छैन
झार्छु भन्या जुन, तिर भन्छौ तिमी ।

राम्रो काम पो थालिछौ छिट्टै धनी हुने
भन अझै कुन कुन, तिर भन्छौ तिमी ।

No comments :

Post a Comment