Saturday, September 29, 2012

348.कोही मानिसको मन जलाउने हुन्छन्!

कोही मानिसको मन जलाउने हुन्छन्!
कोही यहाँ जडै देखि ढलाउने हुन्छन् !

आत्मविश्वास साथै हिम्मत नी हुनु पर्छ!
हिट्लर को झैं शाशन चलाउने हुन्छन् !

उदाहरण प्रयाप्त छन समाजमा खोज्नुस!
कतिपय धरतीमा ढली पलाउने हुन्छन्!

आफ्नो र अरुको सुरक्षा गर्न सक्नु पर्छ!
खून पसिना पीएर यहाँ गलाउने हुन्छन्!

बुझ्नु पर्छ ब्यबहार हजूर रूप हेरी हुँदैन!
कोही बातले र लातले थलाउने हुन्छन् !

कृष्ण मानव खड्का ९/२८/२०१२
सानोश्री ३ बर्दिया

No comments :

Post a Comment