जिन्दगीका पिर ब्यथा लुकाउन सक्दिन म,
मनका कुरा तिम्रै अघि फुकाउन सक्दिन म ।
तिम्रा हर प्रगतिमा मेरै खुसि लुकेको छ,
अघि बढ्न ला’का पाईला रुकाउन सक्दिन म ।
धेरै भयो पिडा भित्र छट्पटिदै बाँचेको छु,
रात दिन झर्ने आँशु सुकाउन सक्दिन म ।
माया दिदै साथ माग्यो त्यसैलाई पाप ठान्दै,
दुनियाको अघि त्यो शिर झुकाउन सक्दिन म ।
त्याग धेरै गरेका छौ जिन्दगीकै बाजि लगाई,
यो जुनिमा त्यागको मुल्य चुकाउन सक्दिन म ।
शान्ति अधिकारी
बाँके २०६९

No comments :
Post a Comment