 लाख विन्ती गरें, रोषमा खै गरें
लाख विन्ती गरें, रोषमा खै गरेंरै छ ढुङ्गे मनै, आज भैंमा झरेँ ।
तिर्सनामा रुझेँ, शून्यतामा दुखेँ
आज हारेँ सबै, आज ज्यूँदै मरें ।
छैन क्या हो बरै, यो खुशी भाग्यमा
भाग्य कै खेल यो, आज खोली तरें
रै छ संसार यो, निष्ठुरीको थलो
 होस सारा गुम्यो, मुर्च्छनामा दरेँ । 
बल्ल पो चेत यो, आज भोग्दा खुल्यो
खोट भो प्रीतमा, ब्यर्थ झोली भरेँ ।
दोष कस्को थियो, प्यास ज्यूँदै थियो
बाँच्न गाह्रो भयो, आज एक्लै परें
टि. बि. सागर
सुनसरी नेपाल
बल्ल पो चेत यो, आज भोग्दा खुल्यो
खोट भो प्रीतमा, ब्यर्थ झोली भरेँ ।
दोष कस्को थियो, प्यास ज्यूँदै थियो
बाँच्न गाह्रो भयो, आज एक्लै परें
टि. बि. सागर
सुनसरी नेपाल



 




 
 
 
 
 
 
 
 
 
 
 
No comments :
Post a Comment