Thursday, January 10, 2013

588. प्राय:जसो अफिसमा कमाएको कुरा हुन्छ

प्राय:जसो अफिसमा कमाएको कुरा हुन्छ
डिस्को नाच र रेस्टुराँमा रमाएको कुरा हुन्छ

तोकिएका जिम्मेवारी,काम काज भन्दा पनि
दिनभरिमा कसले कति थमाएको कुरा हुन्छ

चाडपर्व र उत्सव आँउदा महँगा र राम्राराम्रा
लोभै लाग्ने उपहारलाई समाएको कुरा हुन्छ

साइत पार्दै निस्केको र प्रखर बुद्धि भएर नै
मोटा मोटा ग्राहक मात्रै ठमाएको कुरा हुन्छ

ठूला ठूला पाँचतारेको क्यासिनो र बारमा पसी
जुवा तासका खालहरू जमाएको कुरा हुन्छ

कोमल भट्ट ,
पुरानो नैकाप काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

No comments :

Post a Comment