ठिटी देख्तैमा बिना सित्ति खोकेको छैन मैले त
साँझ पर्दा नपर्दै भट्टीमा धोकेको छैन मैले त
साँझ पर्दा नपर्दै भट्टीमा धोकेको छैन मैले त
जाडो लाग्यो भन्दै पिउछन् साथीहरू जमातमा,
सितनमा नुन खोर्सानी टोकेको छैन मैले त
सितनमा नुन खोर्सानी टोकेको छैन मैले त
जागिर खान लोकसेवा दिउँ भनेको मैले नि
पास गर्न सामान्यज्ञान घोकेको छैन मैले त
पास गर्न सामान्यज्ञान घोकेको छैन मैले त
चाकडी, चाप्लुसी र फरियावाद मौलायो यहाँ
भनसुन गर्दै हजुरिया ठोकेको छैन मैले त
भनसुन गर्दै हजुरिया ठोकेको छैन मैले त
सत्तामा जान झुठा सपना धेरै बाडियो युवामा,
राजनैतिक पार्टीको झन्डा बोकेको छैन मैले त
राजनैतिक पार्टीको झन्डा बोकेको छैन मैले त
Coprright @मोहन बिहानी
भक्तिपुर सात सर्लाही
2069-09-24
2069-09-24
No comments :
Post a Comment