Thursday, January 10, 2013

591.नजुधाई आखाँ तरेको पो राम्रो


नजुधाई आखाँ तरेको पो राम्रो
लुकिछिपी माया गरेको पो राम्रो
दु:खमा त भिजेकै हो नि परेली
खुशीमा हर्षासु झरेको पो राम्रो
बसौ ए हजुर आउनुस भन्दा,
नाई भन्दै वर सरेको पो राम्रो
रिसाउँदा राम्रो लाग्छ मलाई त
हाँस्दा डिम्पल परेको पो राम्रो
मायामा बदनाम हुनै परेसी,
बिहानी कै साथ मरेको पो राम्रो
copyright @ मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०६९-०८-२४ आईतवार

No comments :

Post a Comment