Friday, January 11, 2013

592.--कसरी भनु अन्त रात काटेको कुरा,

 मोहन बिहानी

गजल,
------------------------------------
कसरी भनु अन्त रात काटेको कुरा,
पबित्र छु भनेर सधै ढाँटेको कुरा।

गिद्दे दृष्टि लगाउदै पछि लाग्नेहरुले,
भागबन्डा लगाउदै शरीर बाँडेको कुरा।

गरिबी र सौन्दर्य साथ नभएकै राम्रो
भन्नै सक्दिन पैसा र बैश साटेको कुरा।

पिलाई सराब लठ्याउदै नशामा दिउसै
भो नभनौ अङग प्रत्येङ्ग चाटेको कुरा ।

भन्दिन रानी बनाउछु भन्दै बिहानीले
फकाउदै बम्बई पुर्याउन आँटेको कुरा।

copyright @ मोहन बिहानी
भक्तिपुर-सात सर्लाही
www.mohanbihani.blogspot.com

No comments :

Post a Comment