Binod Bibash |
पिलाएर नशा धेरै मद्होसी नबनाउ है
तिम्रो बैँशको उन्माद साँझले देखेको छ
विचरा विहानीलाई दोषी नबनाउ है
गोप्य रहुन् जवानीले मातिएका कुराहरु
संसारको अगाडि कोशी नबनाउ है
बनाउन त बनाउ तिम्रो भव्य महल
झुपडीका खुसीहरु खोसी नबनाउ है
इन्कार गर्न सक्छु कति कुराहरु मैले
तिमी आफ्नो मनलाई सन्तोषी नबनाउ है
विनोद विवश
कुश्मीसेरा १, बागलुङ
२०७१-१२-२५
No comments :
Post a Comment