Friday, June 26, 2015

एक्लो राजा

Binod Bibash
एक्लो राजा हुन्छु रानी मेरो पनि छैन
भैगो अब चिनाजानी मेरो पनि छैन

टाढा जाने रहर भए जाउ तर याद गर्नु
फर्किएर हेर्ने बानी मेरो पनि छैन

भोलि गए भोलि जाउ, पर्सी गए पर्सी
आजै गए आनाकानी मेरो पनि छैन

मलाई छोडे रमाउँछ्यौ थाहा छ सानु
तिम्रो यादमा रुने कहानी मेरो पनि छैन

माया थियो छुट्यो भनी कसलाई थाहा हुन्छ ?
तिम्रो छैन दिलमा निशानी मेरो पनि छैन


विनोद विवश
कुश्मीसेरा १, बागलुङ
२०७२-०३-०३

No comments :

Post a Comment