Thursday, June 14, 2012

105.मलाई त्यो अनुसाशन हिन, फिटिक्कै मन परेन ।।

राम शरण श्रेष्ठ
मलाई त्यो अनुसाशन हिन, फिटिक्कै मन परेन ।।
मोज–मजा गर्न लिएको ऋण, फिटिक्कै मन परेन ।।

गरिबको घरमा खान, एक दाना, अन्न पनि नहुँदा
सामन्तहरुको बाँझो जमिन,फिटिक्कै मन परेन ।।

कुलतमा आनान्द लिई, लठ्ठ झुमिरहने देबता
उहि महाँदेबको नेत्र तिन, फिटिक्कै मन परेन ।।

सधै सधै हार त, पक्कै पनि हुँदैन होला साथीहो
हार्दा पारेको मुख मलिन, फिटिक्कै मन परेन ।।

भनिन्छ मायाँ आफै हुन्छ, करले कहिल्यै हुँदैन
जवरजस्तिमा अपराध संगिन फिटिक्कै मन परेन ।।

मौकामा हिरा फोर्न, सकेपो हित होला सबैको
मान्छेहरु देख्दा धनकै अधिन फिटिक्कै मन परेन ।।

Copyright#
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

No comments :

Post a Comment