आकाश रुपी छाती चर्किन्छ हरपल
बादल रुपी आखा दर्किन्छ हरपल!!
सपना जस्तै तिता बितेका पलहरु
रातको निद भित्र झर्किन्छ हरपल
हिर्दय भरी आसा देखाई टाढा भयौ
तिनै सम्झी छाती थर्किन्छ हरपल
नजर भरी घुमी रहन्छौ घरि घरि
बिर्सेर बाचु भन्छु फर्किन्छ हरपल
सतायो आज तिनै यादले यति सारो
सम्हाल्न चाहे मन भड्किन्छ हरपल
हाल-इजरायल
No comments :
Post a Comment