Saturday, June 23, 2012

161.सृजना चोरी हुन्छ दामको के कुरा।

सृजना चोरी हुन्छ दामको के कुरा।
अर्कैले कोपी गर्छन नामको के कुरा॥

मैले रचेको भन्नु पनी ब्यर्थ हुन्छ।
पोष्ट भईसकेपछी खामको के कुरा॥

सित्तैमा पाईन्छ त मेहनत किन।
कापी कलम चाहिन्न कामको के कुरा॥

परिश्रमी को हो स्थान कहाँ पाएको छ।
लुकाएर राख्छन ठामको के कुरा॥

चोरले निर्देशलाई उल्टै आरोप।
सम्झिदा मुटु पोल्छ घामको के कुरा॥

कृष्ण पौड्याल 
बम्घा एक गुल्मी

No comments :

Post a Comment