झुकी झुकी चिहाउने, नजर नशालु
मन्द'मुस्कान छर्ने ति, अधर नशालु
इच्छा अनि चहाना, भिन्न रैछ तिम्रो
बुझ्न नसकिने कस्तो हो,रहर नशालु
साथ दिन्छ मात दिन्छ,दिन्छ घात नि
अचम्म छ नशा यस्को, जहर नशालु
दुई किनारा मिलन,हुने होइन कहिले नि
प्यासी प्यासी तै पनि त्यो, बगर नशालु
बुटवल -रुपन्देही
हाल-कबुल,अफ्गानिस्थान
No comments :
Post a Comment